हेटौंडा । नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको खानेपानीमन्त्री श्यामकुमार खड्काले आज सोमबार साँझ कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् । खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।…