दाङ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २०८४ सालको चुनाव गराउने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।
बुधबार घोराहीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निधिले गठबन्धन दलहरूका बीचमा भएको समझदारी अनुसार आगामी निर्वाचन अघि देउवा प्रधानमन्त्री बन्ने दावी गरे । प्रचण्ड पछि समाजवादीका अध्यक्ष माधनकुमार नेपाल प्रधानमन्त्री बन्ने पूर्व सहमती अनुसार सरकारको नेतृत्व लिने बताए । नेपालको साथ समर्थनमा तत्कालीन समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा संसद पुनर्स्थापना गरेका थियौं,’ पूर्व गृहमन्त्रीसमेत रहेका निधिले भने, ‘एकीकृत समाजवादी एमाले पार्टी टुर्किएर बनेको हो, हामीलाई साथ दियो त्यसकारणले जसले हामीलाई साथ दियो नेपाली कांग्रेस पार्टीको नैतिकता बन्द छ त्यसकारण हामीले नेपाललाई चुनाव अगाडि सेकेण्ड फेजमा प्रधानमन्त्रीमा अवसर दिने समझदारी गरेका छौं।’
त्यसपछि चुनाव गराउने गरी थर्ड फेजमा नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्ने नेता निधिले बताए।
उनले गठबन्धन दलका साथै कांग्रेसका नेता कार्यकर्ताहरूलाई त्यही समझदारीको पक्षमा रहिरहन आग्रह पनि गरेका छन्।
शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।