३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि,सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता शेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ ।

सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ०८ प्रतिशतले बढेको छ । आजको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै गुमाउनेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव १० र प्रभु स्मार्ट फन्डको शेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्यामा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २६ करोड ६३ लाख ९१ हजार चार सय १६ बराबरको पाँच लाख ७० हजार सात सय १७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ४१ बजे