काठमाडौं । बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेको भन्दै उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेटप्लास्ट उद्योगमा गत शुक्रबार राति लाइन काटेको थियो । त्यस क्षेत्रका उद्योगी तथा व्यवसायीले पुस २० गतेसम्म विद्युत् जडान नभए करिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
ब्नलष् न्चयगउ
प्राधिकरणको भैरहवा वितरण केन्द्र र नयाँमिल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउँदै उद्योगीहरूले आफूहरूले ट्रंक लाइन माग नगरेको, आपूर्ति पनि नभएको र प्रयोग पनि नगरेको हुँदा काटिएको लाइन जडानको माग गरे ।
उद्योगीहरूले आफूहरूले कानूनी उपचार खोजिरहेको र अदालतमा मुद्दा विचाराधीन रहेका बेला प्राधिकिरणले रूपन्देहीका दुई वटा उद्योगको लाइन काट्नु अन्यायपूर्ण व्यवहार भएको भन्दै पुस २० गतेसम्म लाइन जडान गर्न माग गरेका हुन् ।
न्यिदब िक्ष्mभ दबलप
सिद्धार्थ उद्योग वाणिज्य संघको ऐक्यबद्धता रहेको भन्दै संघका अध्यक्ष ठाकुर श्रेष्ठले उद्योगीले डेडिकेटेड र ट्रंक लाइन माग गरेको, विद्युत आपुर्ति गरेको र उद्योगले खपत गरेको लिखित प्रमाण पेस गर्न प्राधिकरणको वितरण केन्द्रसँग आग्रह गरे ।
प्राधिकरणको भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा १३ वटा उद्योगहरूको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको उद्योगीहरूको भनाइ छ ।
ज्ञापनपत्र बुझ्ने क्रममा प्राधिकरणले उद्योगीको माग माथिल्लो निकायमा पठाउने जनाएका छन् ।
प्राधिकरणले यस क्षेत्रका उद्योगले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंक लाइनमार्फत बिजुली उपयोग गरेको भन्दै बक्यौता भुक्तानी गर्न भनेको थियो । तर, उद्योगीले प्रयोग नै नगरेको ट्रंक लाइन महसुल तिर्न नसक्ने जनाउँदै आएका छन् ।