१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत



झापा । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताएका छन् । झापाको दमकमा पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले बाटो बिस्तारै लयमा फर्किसकेको बताए

।अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उनको भनाइ छ ।

उनले भने, ‘‘हिजो नेपाल श्रीलङ्का हुन्छ भन्ने हल्ला थियो । अहिले हामीसँग विदेशी पुँजीको सञ्चिति धेरै छ । हामीले वर्ष दिनभन्दा बढी विदेशी सञ्चितिले धान्न सक्छौँ ।’’

बाहिरबाट प्रशस्त मात्रामा पुँजी नेपालको अर्थतन्त्रमा आएको मन्त्री महतले उल्लेख गरे । यद्यपि आएको पुँजी चलायमान नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ५६ बजे