९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड राख्दै



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन । गत सातोदखि उकालो लागेको सुनको मुल्य आज आइतवार हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत बिहीबारको उच्च मूल्यलाई आज तोडेको महासंघले जनाएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : १६ बजे