लुम्बिनी । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेचरनसमक्ष मुख्यमन्त्री महरा र अन्य तीन जना विनाविभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् ।
महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र जसपाका भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दीपेन्द्र पुन ९सिजल०ले मन्त्री पदको शपथ ग्रहण गरेका हुन् । मन्त्रालयको भागवण्डाको टुंगो नलागेकाले मन्त्रीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
लुम्बिनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनले गत शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए ।
महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन् ।





