९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

उपभोक्ता हित समितिको ठाडो निर्देशन : सरकार उपभोक्ता अदालत गठन गर !



काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यसै आर्थिक वर्षभित्र उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकबाट नियम, नियमावली, मापदण्डहरू यसै आर्थिक वर्षभित्र तर्जुमा गरी उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिइएको हो ।

उपभोक्ता अदालत गठनमा देखिएका समस्याबारे आउँदो बैठकमा कानुन र उद्योगमन्त्रीसँग थप छलफल गरिने समिति सभापति अब्दुल खानले जानकारी दिए ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा उपभोक्ता अदालत गठन गर्ने व्यवस्था छ । तर, हालसम्म सो अदालत गठन हुन सकेको छैन । समय समयमा उपभोक्तासँग सरोकार राख्ने निकायले उपभोक्ता अदालत गठन गर्नपर्ने आवाज उठाइरहेको थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : ०० बजे