९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

कोशी प्रदेश सभाको अधिवेशन आव्हान



विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन् । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए ।

सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३)बमोजिम वि.सं.२०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेश सभा हल विराटनगरमा अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ३८ बजे