८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

गण्डकीमा चुमानलाई अर्थ, मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी



पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय दुई मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ ।

यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा मन्त्रीको शपथ लिएका थिए । गण्डकीमा मुख्यमन्त्री अधिकारीको नियुक्तिमा विवाद रहेको छ । सर्बोच्च अदालले मुख्यमन्त्रीलाई दीर्घकालिन असर गर्ने कुनै काम गर्न आदेश दिएतापनि मुख्यमन्त्रीले निर्णयहरु गरिहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ११ : ५८ बजे