इलाम । इलाम–२ मा रास्वपाको उमेद्वार मिलन लिम्बुको जमानत जफत भएको छ । मतगणनामा चौथो स्थानमा रहेका मिलनले पाँच हजार ५० मत ल्याए । जमानत जोगिन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ ।
आफ्ना उमेदवारलाई जिताउन रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलगायत पार्टीका शीर्ष नेता इलाम पुगेका थिए । भने निर्वाचनको माहोल सुरुवाती चरणमा घरदैलो अभियान सञ्चालन गरेका थिए । तर उनीहरूले दाबी गरेजस्तो परिणाम इलाम–२ मा देखिएन ।
इलाम–२ बाट नेकपा ९एमाले०का सुहाङ नेम्वाङ ले सुवास नेम्वाङको बिरासत जोगाएका छन् ।
नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।





