काठमाडौं । आज ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । घाइते तीन जना मध्ये स्थानीय शंकर पहरी को उपचारको क्रम कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको अस्पपताले पुष्टि गरेको छ ।
। केही दिनेदेखि लागेको डढेलो निभाउने क्रममा तीनजना घाइते भएका गोदावरी नगरपालिकाले जनाएको छ । अन्य घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर र कीर्तिपुर बर्न अस्पतालमा पठाइएको छ ।
गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल जोखिममा परेको छ ।
डढेलो नियन्त्रणका निम्ति स्थानीय तह, प्रहरी जुटेका छन् । पछिल्लो समय देशभर आगलागीका घटना बढ्ने क्रम रोकिएको छैन । दैनिक आगालागी हुँदा करोडौको क्षती भइहरेको छ ।





