काठमाडौं । विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।
विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सभामुखले कार्यसुचि अगाडी बढाएपछि कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो । नेपाली कांग्रेस सहकारी अपचलनमा गृहमन्त्री रवि लामिछानेको संम्लंगताको आशंका गर्दै संसदीय समितिको माग गरेको छ ।





