२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

अदालतको आदेश नमान्दा बूढानीलकण्ठ नगरपालिकाका मेयर अधिकारी कैद सजाय



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख ९मेयर० मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एकरएक महिना कैद सजाय सुनाएको हो ।

मेयर अधिकारीसहित अदालतले नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाएको छ ।

विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा पनि नमानी अदालतको मानहानि गरेको अभियोगमा उक्त फैसला सुनाइएको हो । अधिकारी एमालेबाट निर्वाििचत जनप्रतिनिधि हुन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ७ : ३३ बजे