काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुइवटा संसदीय समितिको बैठक बस्दै छ ।
मध्याह्न साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयन अवस्थालगायत विषयमा छलफल हुनेछ । त्यस्तैगरी अहिले ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षा सम्बन्धी छलफल हुने संसद् सचिवालयले जनाएको छ ।





