९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

देशभर तापक्रम घट्ने क्रम जारी, काठमाडौँमा जाडो बढ्यो



काठमाडौं । केही दिनयता देशभर क्रमिक तापक्रम घट्दै गएको छ । तामक्रम घटेसगैँ क्रमश रूपमा चिसो बढेको छ ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –४ डिग्री सेल्सियस छ । सोमबार जुम्लाको न्यूनतम तापक्रम –३.८ डिग्री सेल्सियस थियो । आइतबार जुम्लाको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, मंगलबार डडेलधुराको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार डडेलधुराको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो । आइतबार डडेलधुराको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मंगलबार महाशाखाले सार्वजनिक गरेको विवरणमा अरू स्थानको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ११ : ४३ बजे