धनगढी । गृहमन्त्री रमेश लेखकले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरण सम्पन्न गर्नका लागि सरकार कटिबद्ध रहेको बताएका छन् ।
धनगढीमा आज सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थाको आवश्यक तयारी गर्न सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिए ।
गृहमन्त्री लेखकले समाजमा अराजकता निम्त्याउन खोज्ने जस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिन जरुरी रहेको उल्लेख गर्दै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नु पर्नेमा जोड्दिए ।





