८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखिने



काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमा रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

उनी मंगलबार आफ्नै निवासबाट पक्राउ परेका थिए । उनलाई प्रधानमन्त्रीको नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना आरोप लागेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ५१ बजे