१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

निजि मेडिकल कलेजलाई स्वास्थ्यमन्त्रीको निर्देशन– आवासीय चिकित्सकलाई ४८ हजार ७०० रुपैयाँ कायम गर्ने निर्णय कार्यान्वयन गर्नू



काठमाडौँ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री प्रदिप पौडेलले निजी मेडिकल कलेजले निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिनु पर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने दोहोर्याएका छन् । चन्द्रागिरि नगरपालिका वडा नं ३ स्थिीत स्वास्थ्थ चौकीको शिलान्याश गर्दै मन्त्री पौडेलले निजी मेडिकल कलेजहरुले निर्वाह भत्ता तरुन्त लागु गर्नुपर्ने बताएका हुन् । यसअघि पनि स्वास्थ्यमन्त्री पौडेलले आवासीय चिकित्सकला ई४८ हजार ७०० रुपैयाँ कायम गर्ने निर्णय कार्यान्वयन गर्नू भनि निर्देशन दिएका थिए । आयोगको १६ औँ बैठक निर्देशन अनुसार सरकारी आठौँ तह बराबरको भत्ता कार्यान्वयन गर्न माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक २९ औँ दिनदेखि आन्दोलनरत छन् । शिलान्याश कार्यक्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरि, प्रवत्ता प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू दुर्गालाल महर्जन, प्रल्हाद रिजाल, घनश्याम लुँइटेल, नगरका कार्यपालिका सदस्यहरू, नगर सभासदस्यहरू, नगरका विभिन्न शाखामा कार्यरत कमर्चारीहरू, महिला स्वास्थ्य स्वयंसेवीकाहरू तथा स्थानीय बासीको उपस्थिति रहेको थियो । त्यस्तै मन्त्री पौडेलले गोदाम स्थित थानकोट प्राथमिक अस्पताल संगै नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा बन्दै गरेको सुबिधा सम्पन्न थप नयां नगर अस्पताल भवनको समेत निरिक्षण गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : ४३ बजे