२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

भट्ट नेतृत्वको निगमको सेवाले सहज बन्यो आम नागरिकको दैनिकी, यस्ता छन् उपलब्धीहरु

भट्ट नियमको नेतृत्वमा आएपश्चात के भए उपलब्धीहरु ?



काठमाडौँ । कुनै पनि संस्था सुधार्न उसको नेतृत्वले कत्तिको इच्छाशक्ति र भूमिका खेल्न सक्छ भन्ने थुप्रै उदाहरण हाम्रा सामु स्थापित भइसकेको छन् । त्यही कडीको एक नयाँ मानक बन्ने क्रममा छ नेपाल आयल निगम र त्यसको नेतृत्व गरिरहेका चण्डिका भट्ट । ५ दशकको इतिहास बोकेको नेपाल आयल निगममा डेढ बर्षदेखी फेरिएको नेतृत्वबाट पेट्रोलियम पदार्थ उपभोग गर्ने उपभोक्तालाई निकै सहज बनेको छ । डेढ बर्ष अघि पेट्रोल पम्पमा घण्टौको लाइन आम नागरिकको दैनिकी जस्तै थियो । अहिले आम नागरिकले राहत महसुश गरिरहेका छन् ।

भट्ट नियमको नेतृत्वमा आएपश्चात के भए उपलब्धीहरु ?

१. डेढ बर्षको कार्यकालमा पेट्रोलको सहज आपुर्ती र सहज बजारीकरण मूख्य उपलब्धी मान्न सकिन्छ ।
२. आपुर्ती ब्यवस्थामा सहजताको रहेका बिगतको अवस्था अन्य भई भारतबाट सिधै पाइपलाइनमा बाट पेट्रोल ल्याउने ब्यवस्थाले निकै सहज बनेको छ । टेस्टिङ देखि जोखिम कम गर्ने पुर्वाधार बनिसकेको छ । टंयाङकरबाट आपुर्ती गर्ने अवस्थाको अन्य भई ४ मिनेटमानै भारतबाट नेपाल सिधै पेट्रोल ल्याउने ब्यवस्था भट्टको नेतृत्वले सम्भव मान्न सकिन्छ ।
३.पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल हवाई इन्धन डिपो निमार्ण सम्पन्न भई सञ्चालन गर्ने अवस्थामा छ । अन्तर्राष्ट्रिय उडान हुने ठाउँमा असहज सेवा रहेको बिगतको अवस्थाको अन्य भएको छ ।
४ . बार्षिक अरबौँ रुपैयाँ नाफा आर्जन गर्ने निगमको कर्पोरेट भवन थिए । त्यसले सेवा प्रवाहलाई समेत असर गरेको अवस्थामा बबरमहमा बनेका आइकोनिक भवनबाट दिने सेवा सुबिधा प्रभावकारी बन्ने निगमले अपेक्षा गरेको छ ।
यस्ता छन् निगमका आगामी परियोजनाहरु
१.हाल निगमको भण्डार क्षमता निकै कमजोर रहेको वर्तमान अवस्था छ । पेट्रोल ७ दिन, डिजेल दिन १२ र हवाई इन्धन १४ दिन भण्डारण गर्ने क्षमता रहेकाले देशभर भण्डारण गृह निमार्ण तयारीमा छ भने पोखरामा सञ्चालनमा बिराटनगर क्षमता बृद्धि गरिएको छ ।
२. हालसम्म कर्णाली प्रदेश कुनै पनि डिपो नभएकाले सुर्खेतमा डिपिआर भइसकेको छ भने आगामी चालु बर्षमा निमार्ण सुरु भइरहेको छ ।
३.धनगढीमा हवाई इन्धन भण्डारण जीर्ण अवस्थामा रहेकाले निमार्ण गर्ने स्थितिमा रहेको निगमले जनाएको छ भने भैरहवामा डिपो स्थानान्तरण गर्ने तयारीमा छ । क्यानले उपलब्ध गराएको जग्गामा सिनामगंल स्थित हवाई इन्धन डिपोको स्थानान्तरण गर्ने निगमले तयारी गरेको छ । जसबाट निकै कम क्षमतामा रहेको हवाई इन्धन डिपोको स्तरउन्नति हुँदा हवाई उडानमा सहजता हुनेछ ।
४.अमलेखगञ्जदेखी चितवनसम्म पाइपलाइन, लोथरमा भण्डारण गृह निमार्ण हुनेछ ।
५.सर्लाहीको भण्डारगृह निमार्ण गरी खाना पकाउने एलपीजी ग्यास समेत पाइपबाट ल्याउन तयारी रहेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  १० : २८ बजे