काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन गरेका छन् । पुँजीबजारको प्रकृयागत सुधार गर्न चार सदस्यीय कार्यदल गठन गरेका छन् ।
शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहनेगरी कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का कायम मुकायम कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य छन् ।





