२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्य तोलामा २५ सय बढ्यो, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार (असोज २०) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार ९असोज १९० छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यस दिन सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १२ : ५५ बजे