काठमाडौँ । स्थानीय बजारमा सुन तोलामा २४ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको मूल्य २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेर हालसम्मकै उच्च स्तरमा पुगेको छ । आइतबार तोलाको ३ हजार १२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलाको ३ हजार २२० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





