११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन



काठमाडौँ । सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै)लाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन दिएको हो ।

सरकारको गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले उक्त निर्देशन दिएको हो । “कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ”, प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : ३८ बजे