२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

आजको मौसम : दिउँसो सामान्य, राति भारी वर्षाको सम्भावना



काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो मध्यमसम्मको वर्षाको सम्भावना रहँदा राति भारी वर्षाको पूर्वानुमान छ । केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा, कोसी प्रदेशको तराई तथा मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

िमधेस, कोसी र वाग्मती प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

मधेस र कर्णाली प्रदेशका पहाडी भूभाग तथा वाग्मती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ८ : ३५ बजे