काठमाडौं । कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालिएको छ । कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको निजी गाडीमा आगलागी भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको छ । शवको पहिचान भने खुलेको छैन, घटनाको थप अनुसन्धान सुरु भएको छ, उनले भने ।
गाडी सडकबाट नजिकको खालि जग्गामा पार्किङ गरिएको अवस्थामा थियो ।
५ श्रावण २०८३, मंगलबार
0
Shares





