काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।
बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने ४ क्लस्टरको मतगणना जारी छ। अरु छ क्लस्टरको गणना शुरू गर्ने तयारी भइरहेको उनको भनाइ छ।
निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यहरूको मतगणना सकिएको छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदहरूको पनि गणना पूरा भएको छ।





