काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । मंगलबार (असोज २७) सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घटेको छ ।
यस दिन सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।





