१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

दुई किलो ३४८ ग्राम सुनसहित विमानस्थलबाट दुई चिनियाँ महिला समातिए



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मंगलबार राति नै पक्राउ गरिएको हो ।मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बुधबार  १२ : ०४ बजे