काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि पनि बस्दै छ ।
यसअघि मंगलबार बसेको बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा विशेष सम्बोधन गरेका थिए ।
बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न ६ वटा कार्यसूची प्रस्तुत गरेका थिए । बैठकमा पार्टीको आगामी कार्यभारदेखि स्थानीय निर्वाचनसम्मका विषयलाई छलफलको एजेन्डा बनाइएको छ ।
बैठकमा प्रस्तुत कार्यसूचीअनुसार संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ अभियान’ लगायत विषयमा छलफल गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, भोटेकोसी र बुढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका विषय पनि बैठकको एजेन्डामा समेटिएका छन् ।





