१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

सुनको मूल्य फेरी बढ्यो, आज तोलाको कति?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला तीन हजार ३०० र चाँदी १२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० र चाँदीको मूल्य तीन हजार १९५ कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र चाँदीको मूल्य तीन हजार ७५ कायम भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शुक्रबार  १२ : ११ बजे