काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका थिए ।
प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट पत्यारिलो देखिन्न।
त्यही अपत्यारिलो प्रमाण मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ ।





