काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक राखेका हुन् ।
बैठकमा गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।
सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरुले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेवार रहेकी नेकपा ९माओवादी केन्द्र० की नेतृ चम्पा कार्कीले निर्वाचन हारेकी थिइन् । कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई हराएका भन्दै माओवादी नेताहरुले गठबन्धन दलभित्र गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन् ।