१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

आजदेखि पेट्रोलियम पदार्थको मुल्य बढ्यो



काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३।४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७५।५० रुपैयाँ र डिजेलको मूल्य १५८.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य १६१ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ३६ बजे