काठमाडौं । निर्वाचन आयोगले ३८ दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आयोगले निरन्तर तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने तीनवटा दललाई सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।
आयोगले लेखा परीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने ६ र आर्थिक वर्ष २०७८र७९ को लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने एक राजनीतिक दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९र०८० को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधि सकिएपछि पेस गर्ने १३ र आर्थिक वर्ष २०७९र०८० को लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने १५ दललाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
“।।।लेखा परीक्षण प्रतिवेदन कानूनबमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको हो रु लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकाले तपाईंलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ९५० को खण्ड ९क० बमोजिम किन कारबाही हुनु नपर्ने हो रु भन्ने बेहोराको आफ्नो सफाइसहितको स्पष्टीकरण सोही ऐनको दफा ५४ को उपदफा ९८० बमोजिम पेस गर्न ७ ९सात० दिनको समयावधि दिई पत्राचार गर्ने,” आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातान्त्रिक, शिव सेना नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरूहट०, राष्ट्रवादी एकता पार्टी, राष्ट्रिय एकता मञ्च, हाम्रो नेपाल पार्टी लगायतका १५ पार्टीहरूलाई आयोगले सात दिने स्पष्टीकरण सोधेको हो।
त्यस्तै समय ब्यतित भएपछि पेस गर्ने १३ दलहरूलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।
समयमा लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने पार्टीहरूमा नेपाली कांग्रेस विपी, नेपाल कम्युनिष्ट पार्टी ९मार्क्सवादी०, समावेशी समाजवादी पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी लगायतका छन्।
गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी र साझा पार्टी नेपालले लगातार २ आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेस नगरेको आयोगले जनाएको छ





