१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

सुनको मूल्य तोलामा आज ३ हजार ९ सय रुपैयाँ बढ्यो, आज तोलाको कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो ।