काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले सूचीकृत कम्पनीलाई तोकिएको ढाँचामा र समयमा अनिवार्य रूपमा वित्तीय विवरण तथा अन्य महत्वपूर्ण सूचना पेस गर्न निर्देशन दिएको छ । नेप्सेले आइतबार जारी गरेको सर्कुलरमा आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र लेखा परीक्षण वित्तीय विवरण, त्रैमास समाप्त भएको ३० दिनभित्र प्रतिसेयर आम्दानी, मूल्य आय अनुपातलगायतका विवरणसहितको त्रैमासिक प्रतिवेदन…