काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५८औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरताको लागि जनचेतना भन्ने नाराको साथ प्रभातफेरी गरिएको हो । मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं–वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र ब्यानर सहित सहभागी कर्मचारीहरु मुख्य कार्यालय रामशाहपथ देखि सुनधारा– रत्नपार्क–…