काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबिच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने…