काठमाडौँ । निरन्तरको वर्षासँगै आएको बाढीको प्रभाव स्वरूप शनिबार करिब एक दर्जन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ । शुक्रबारदेखि परेको वर्षा शनिबार रातिसम्म कायम रहेकाले कतिपय जलविद्युत् आयोजना सञ्चालनमा आउन नसकेका र कतिपय नदीमा जलप्रवाहको अवस्था हेरी सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शनिबार बिहानैदेखि ६४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको…