काठमाडौं । साताको अन्तिम दिन सुनको मुल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर कारोबार भएको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ…