काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्चमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको…