३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयको आग्रह- अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनू

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो । एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म…