१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने जनाउनुभएको हो । उहाँले अबदेखि कार्यालयमा समयमा नभेटिने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई…