काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा आइतबार नै बयान सकिएपछि थुनछेक बहसका निम्ति उनलाई प्रहरीले सोमबार काठमाडौं अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई अदालतमा उपस्थित गराइएसँगै थुनछेक बहस समेत सुरु भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन आरोपमा…