काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरूभन्दा युवा पुस्ताहरूबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताए ।उनले आफूलाई आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको…