काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन् । पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा उत्तेजक अभिव्यक्ति नदिन आग्रह गरे । हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले…