३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

‘जिब्रो थुत्नुपर्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिमा माफी माग्न मन्त्रीलाई पूर्वआईजीपीहरूको आग्रह

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिका विषयमा पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति अराजकता रहेको जनाएको हो । उक्त अभिव्यक्ति ‘फिर्ता लिएर’ आईजीपीसँग माफी माग्न मन्त्री गुरुङलाई मञ्चले आग्रह गरेको…