३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

खर्च कटौतीमा अर्थ मन्त्रालय,सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न सबै मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा चालु आर्थिक वर्षको बजेट खर्च गर्दा प्राथमिकता र आवश्यकता अनुसार मात्रै स्रोत प्रयोग गर्न आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “राज्यका सीमित स्रोतलाई प्रभावकारी र उत्तरदायी ढङ्गले प्रयोग…