३ असार २०८३, बुधबार | Thu Jun 18 2026

लुटेराद्वारा घरधनीको हत्या गरी लुटपाट

जलेश्वर । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेको छ…