काठमाडौँ । बिहीबार पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरू गरेर यी देवीदेवताको…